नियम ३३
नयाँ प्रमाण पत्र र दस्तुर लिने
(१) कुनै प्रमाणपत्र झुत्रो भई वा बिग्री वा पछाडी पट्टीका पृष्ठहरू भरी भराउ भै खाली ठाउ“ बा“की नरही सो प्रमाणपत्र समिति छेउ पेश हुन आएमा समितिले त्यसलाई रद्दी गरी त्यसको सट्टामा अर्को नयाँप्रमाणपत्र दिन सक्नेछ । कुनै प्रमाणपत्र हराएमा वा नासिएमा र सो भएको समितिलाई चित्त बुझ्ने प्रमाण पेश भएमा समितिले नेपालबाट प्रकाशन हुने पत्र पत्रिकामा कमसेकम एक पटक सो कुराको विज्ञापन गराउन लगाई र आफूले देखेजति जमानत लिई सो हराएको वा नासिएको प्रमाणपत्रसँग सम्बन्धित शेयर जुन व्यक्तिको नाममा रजिष्टर भएको हो निजलाई त्यसको सट्टामा अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको प्रत्येक नया“ प्रमाणपत्र वापत कर्पोरेशनलाई रु. १।– को दस्तुर तिर्नु पर्नेछ ।